
क्रेजी साप्ताहिक
शिवसताक्षी । आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष सरुम्बा हाङ काङ्भाले २० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
झापा शिवसताक्षी ७ किरात चौकका अति विपन्न ६ परिवारलाई शुक्रबार सो खाद्यान्न सामाग्रगी वितरण गरिएको हो । काङ्भाका आमा कुमारी बोखिमले सो खाद्यान्न वितरण गरेका हुन् ।
हाल कोरोनाको कहर भएको समयमा गाउँमा बनिबुतो गरेर गुजारा चलाउँदै आएका सो ६ परिवारलाई मध्यनजर गर्दै केही हदसम्म राहत महसुस होस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको हङकङ निवासी काङ्भाले फोन सम्पर्कमा बताए । काङ्भाले सामाजिक रुपमा यसअघि पनि सहयोग गर्दै आइरहेका छन् ।

