हरियालीद्वारा पाँच घर उपभोक्तालाई जस्ता वितरण - Crazysaptahik.com

हरियालीद्वारा पाँच घर उपभोक्तालाई जस्ता वितरण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले निम्न वर्गीय पाँच घर परिवारलाई छानो छाउन जस्ता पाता वितरण गरेको छ ।

शनिबार पथरी शनिश्चरे– ३ का वीरबहादुर बराइली, आइतबहादुर मगर, देउमाया लिम्बु, ७ नम्बर वडाका आशबहादुर लिम्बु र कुमारी रोकाको परिवारलाई जस्ता पाता वितरण गरेको हो ।

कुमारी रोका र आशबहादुर लिम्बुलाई दुई र तीन परिवारलाई चार बन्डेलको दरले १ लाख ५० हजारको निलो कलरको जस्ता घरैमा पु¥याइदिएको हरियालीले सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए ।

जस्ता वितरण कार्यक्रममा ३ नम्बर वडा सदस्य गिरीराज पोख्रेल, समूहका कोषाध्यक्ष दिलबहादुर तामाङ, सदस्यहरु आतेजङ्ग राई, कुमारी शाही, पूर्णकुमारी तामाङ, लेखा समिति संयोजक केशव दाहाल लगायतको सहभागिता रहेको थियो ।

छाना छाउन नसकेर लथालिङ्ग अवस्थाको र पुरानो छानोबाट पानी चुहिने उपभोक्ताहरुलाई जस्ता पाता वितरण गरिएको अध्यक्ष मगरले बताए ।

वैज्ञानिक वन व्यवस्थापनमा नेपालकै उत्कृष्ट हुन सफल हरियाली सामुदायिक वनले यसअघि ४ परिवारलाई घर निर्माण गरेर प्रदान गरेको गरीबी न्यूनीकरण उपसमितिको संयोजक आतेजङ्ग राईले बताए । यसरी अति विपन्न उपभोक्ताहरुलाई हरियालीले हरेक समय सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित खवर