बार्सिलोनाको जितमा मेसीको दुई गोल - Crazysaptahik.com

बार्सिलोनाको जितमा मेसीको दुई गोल

स्पानिस क्लब बार्सिलोनाले ला लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेल जितेको छ ।

कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे ।

योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमै गिरोनाका साइजले गोल गरेका थिए । तर मेसीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए ।

स्पानिस ला लिगाको नयाँ सिजन सुरु भइसकेपनि पनि बार्सिलोनाले पहिलो खेल खेल्न बाँकी छ । क्याटलान क्लबले भियारियालसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.