बेलबारीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु - Crazysaptahik.com

बेलबारीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल गम्भीर घाइते भएका थिए । उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएका दाहाललाई बिहान ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी ढकालले दिए । प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका–९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सम्बन्धित खवर