नेपालको जनकपुरमा आइपुग्यो रेल, ठूलो भीड उर्लिए रेल हेर्न - Crazysaptahik.com

नेपालको जनकपुरमा आइपुग्यो रेल, ठूलो भीड उर्लिए रेल हेर्न

जनकपुरधाम र जनकपुर (कुर्था) जयनगर चल्ने दुई सेट रेल आज शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ । जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए ।

उनले भने, ‘रेल चल्ने कयौं मिति फेल भए । तर आज रेल आउन लागेको थाहा पाएपछि खुशी लागेको छ।’ रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन। यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।

सम्बन्धित खवर