हरियालीद्वारा बाँसको कलात्मक सामाग्रीहरु निर्माण र विधुत् वायरिङ तालिम सम्मन्न - Crazysaptahik.com

हरियालीद्वारा बाँसको कलात्मक सामाग्रीहरु निर्माण र विधुत् वायरिङ तालिम सम्मन्न

पथरी/ हरियाली सामुदायिक वन उपभोक्ता समूह द्वारा आयोजित बाँसको कलात्मक सामाग्रीहरु निर्माण र विधुत् वायरिङ तालिम सम्मन्न भएको छ । शनिवार वनकै सभाहलमा एक कार्यक्रम गरी समापन भएको हो ।

उक्त सिपमुलक तालिममा दुवै विधा गरी २७ जनाको सहभागीता रहेको थियो । सहभागी हरुलाई प्रमाण पत्र र तालिम बापतको भत्ता द्वारा सम्मन गरीएको थियो । कार्यक्रममा प्रमुख अथिती पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, समूहका अध्यक्ष काबुलबहादुर मगर, कोषाध्यक्ष दिलबहादुर तामाङ, सदस्यहरु आतेजङ्ग राई, कुमारी शाही, पूर्णकुमारी तामाङ, लेखा समिति संयोजक केशव दाहाल लगायतको सहभागिता रहेको थियो ।

कर्यक्रममा बोल्दै नगरप्रमुख राईले भने, ‘निम्न आयश्रोत भएका युवाहरुलाई स्वरोजगार बनाउन सिपमुलक लालिमको आयोजना गर्ने यस हरियाली सामुदायिक वनलाई धेरै भन्दा धेरै धन्यवाद तालिम लिनुहुनेहरु सबैलाई बधाई तथा शुभकामना ।’

वनका अध्यक्ष काबुल बहादुर मगरले सहभागी सबैलाई बधाई दिदै भने, ‘ गरिबी न्यूनिकरण अन्तरगत हाम्रो समूहद्वारा उपभोक्ता सदस्यहरुको मागमा आधारित स्वरोजगार माध्यमबाट आय आर्जन गरि जिविकोपार्जनमा मद्दत गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेका थियौँ । आगामी दिनहरुमा पनि हामी समाज संग प्रत्यक्ष कार्यक्रमहरु लिएर आउने छौ ।’ अध्यक्ष मगरले बताए ।

हरियाली सामुदायिक वन गणेश मान सिंह राष्ट्रीय पुरस्कार मार्फत प्रथम स्थान ओगटन सफल वन हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.