
क्रेजी साप्ताहिक
शिवसताक्षी । आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष सरुम्बा हाङ काङ्भाले २७ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
झापा शिवसताक्षी–७ सरस्वती चौक र मिलन चौकका अति विपन्न घर परिवारलाई शुक्रबार सो खाद्यान्न सामाग्रगी वितरण गरिएको हो । काङ्भाका भाइ मनि बोखिमले सो खाद्यान्न वितरण गरेका हुन् ।
हाल कोरोनाको कहर भएको समयमा गाउँमा बनिबुतो गरेर गुजारा चलाउँदै आएका सो घर परिवारलाई मध्यनजर गर्दै केही हदसम्म राहत महसुस होस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको हङकङ निवासी काङ्भाले फेसबुक म्यासेन्जरमा बताए । काङ्भाले सामाजिक रुपमा यसअघि पनि सहयोग गर्दै आइरहेका छन् ।
यसभन्दा अघि पनि भदौ १८ गते २० हजार बराबरको खाद्यान्न सामाग्री शिवसताक्षी–७ किरात चौक ६ घर परिवारलाई वितरण गरेका थिए ।

