अपाङ्गता भएका असक्तहरुको घरमा घरमा उप-प्रमुख - Crazysaptahik.com

अपाङ्गता भएका असक्तहरुको घरमा घरमा उप-प्रमुख

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएर असक्त अवस्थामा थलापरी बसेका नगरवासीलाई घर घरमा पुगेर अवस्था बुझी स्वास्थ्य जाँच गरेर अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रक्रिया अघि बढाउने काम गरिरहेको छ ।

आज वडा नम्वर ३, ४, ५र ६ का अपाङ्गता भएर असक्त अवस्थमा रहेकाहरुको घर घरमा पुगी जाँचबुझ गरिएको हो । ३ न. वडाका डीएन सतार, ४ न. वडाका आशा राई र ख्याम बा. राई, ५ न. वडा, ६ न. वडाका राम लखन शर्मा, आशो देवी मण्डल, मगरानी मण्डल र मन्जेस गुप्ता अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य मायामेगी गुरुङ सहितका वडाका प्रतिनिधि, नगर अस्पतालका डाक्टर सावन मेहता, ६ नम्वर वडा सचिव मिना बर्मा, महिला तथा बालबालिका शाखाकी गीता कट्टेल र विमला अधिकारी सहितको टोलीले अपाङ्गता भएकाहरुको अवस्था जाँच बुझ गरेको हो ।

उप-प्रमुख एवंम परिचयपत्र बितरण समिती संयोजक यमुना बिष्ट बास्तोलाले भन्नु भयो, ‘प्रतेक हप्ताको बुधबार नगर बाट पूर्णरुपमा असक्त तथा अपाङ्गता भएका व्याक्तिहरुको घरैमा पुगेर उहाँहरुको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गर्ने छौ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.