क्रेजी संवाददाता
पथरी । मोरङको कानेपोखरी ६ बाट अमेरिकेन पेस्तोल सहित दुई जना युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सोही वडाको ३० वर्षीय रुद्र क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरा रहेका छन् । युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
पक्राउ परेको दुबै जनालाई आज (बुधबार) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा बुधबार बिहान ३ बजे रुद्र क्षेत्रीको घरबाट पेस्तोल लगायतको सामाग्री बरामद भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए । पेस्तोल कुन प्रयोजनको लागि राखिएको हो यथार्थ खुलिनसको प्रहरीले बताएको छ ।