पथरीशनिश्चरे १ मा भीआइए परीक्षण सुरु - Crazysaptahik.com

पथरीशनिश्चरे १ मा भीआइए परीक्षण सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरको वडा नम्बर १ मा पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण सुरु गरिएको छ ।

आज वडा नम्बर १ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको कार्यक्रमको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले उद्घाटन् गर्नुभयो ।

आज ८ जना महिलाको भीआइए परीक्षण गरिएको स्वास्थ्य शाखाका एकराज खत्रीले जनाउनु भयो । स्वास्थ्यकर्मीका लागि तालिम प्रदान गरेपछि गत असारदेखि विभिन्न वडामा जाँच सुरु भएकोमा हालसम्म २ सय २७ जनाको परीक्षण भएको छ । यो सेवा नगर अस्पताल, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी तथा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट नियमित रुपमा सञ्चालन गर्न थालिएको छ । क्यान्सरको समस्या देखिएकालाई नगर अस्पतालमै उपचारकालागि कोल्ड कगुलेसन थेरापी थालिएको छ । जसको नेतृत्व मेडिकल अफिसर डा. फरिन्दा गुरुङले गर्नुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.