उर्लाबारी उद्योग वाणिज्य संघमा नुतनको उम्मेद्वारीसँगै चर्चा - Crazysaptahik.com

उर्लाबारी उद्योग वाणिज्य संघमा नुतनको उम्मेद्वारीसँगै चर्चा

क्रेजी संवाददाता
उर्लाबारी । सफलता र सहजतालाई मात्र होइन असफलता र जटिलतालाई पनि आत्मसाथ गर्न सक्ने खुबी छ उर्लाबारीका नुतन राईमा । उनी यसपटक भने उर्लाबारी उद्योग वाणिज्यको नेतृत्व हत्याउने दाउमा छन् ।

उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औं वार्षिक चुनावी साधारणसभा यही भदौं ३१ गते हुँदैछ । संघको ३ वर्षे नयाँ नेतृत्वका निर्वाचन समेत हुने भएकाले यतिखेर उर्लाबारी निर्वाचनको माहोलले मजैले तातिएको छ ।

यसै माहेलमा प्रगतिशील साझा समूहबाट कार्यसमिति सदस्यका उम्मेद्वार रहनुभएका उर्लाबारी – ४ निवासी नुतन राई (पिके) को चर्चा चुलिदै छ । उर्लाबारी–५ स्थित एनएमबी बैंक मुनि वर्षौदेखी पर्शु किँरात ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालन गर्दै आएका युवा व्यवसायी राईको सदस्यमा उम्मेद्वारी आएसँगै उहाँको चर्चा चुलिएको हो ।

एक त युवा उम्मेद्वार अनि कुशल व्यवसायी भएकाले पनि राईको सदस्य पदमा चर्चा चुलिएको हो । सामाजिक सञ्जाल, चिया गफ जताततै राई एक सम्भावना बोकेको युवा भएकाले उनले जित्नैपर्ने भन्दै चर्चा गर्न थालिएको छ । वि.सं. २०४८ साल मंसिर १५ गते भोजपुरको पौवादुङ्मा ५ मा जन्मिएका राई केही गर्छु भन्ने उद्देश्य राखी वि.सं. २०६५ सालमा उर्लाबारी बसाइँ सरेर आए । सुरुमा उनले पि. के. ट्राभल्समा कर्मचारी भएर काम गरे । राईको लगनशिलताले नै गर्दा वि.सं. २०६८ सालमा आफैँ सो ट्राभल्स खरिद गर्न सफल भए । त्यसपछि राईको व्यवसायिक सफलता सुरु भयो ।

ट्राभल्समा सेवा आउने जो कोही निराश भएर फर्किनु पर्दैन । राईले जसरी हुन्छ आफ्ना ग्राहकलाई अहिलेसम्म खुशी राख्न सफल भएका छन् । राई सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । किँरात राई यायोक्खा उर्लाबारीको नगर कोषाध्यक्ष, मिरा राई फाण्डेशनको संयोजक, सानो दुङ्माली किँरात राई सेवा समाजको सचिव, परिवर्तन युवा क्लब उर्लाबारीको सल्लाहकार लगायतका सामाजिक संघसंस्थामा समेत काम गरिरहेका छन् । लगनशील युवा व्यापारी राई सत्य देखि कहिल्यै डराउँदैनन् ।

व्यापारीहरुको समस्या होस् या सामाजिक विकृति सबै विषयमा राई जोडदार आवाज उठाउने गर्छन् । एक निडर व्यवसायी भएकै कारण संघको सदस्य पदमा राईको चर्चा चुलिएको हो । उनी भन्छन् – पहिलो पटक चुनाव लड्दैछु, आशा छ सबै व्यापारी उद्योगीहरुले माया गर्नु हुनेछ । उर्लाबारीका साना ठुला सबै व्यापारीका समस्या र आवाज संघको निर्णायक ठाउँमा पुर्याएर कार्यान्वयनमा जोड दिने उनको लक्ष्य छ । बिहानदेखी रातीसम्म निरन्तर आफ्नै ट्राभल्सको व्यवसायमा सक्रिय राईलाई सदस्य पदमा जिताउनै पर्ने स्थानीय व्यापारीहरुको धारणा छ ।

उनी चुनाव जित्नुलाई मात्र ठूलो कुरा मान्दैनन् । नेतृत्व तहमा पुगेपछि कसरी व्यापारीहरुको भलाइ हुन्छ अहिलेदेखि सोचमग्न हुन थालेका छन् । उर्लाबारीमा व्यापारीहरुको मुख्य समस्या र चुनौतीहरु के–के छन् अहिलेदेखि नियाल्न थालिसकेका छन् । उनले सञ्चारकर्मी माझमा भने–‘चुनाव जित्नु मात्र मेरो लागि ठूलो कुरा होइन, आम व्यापारीहरुको मन मुटुमा कुन कार्यहरुबाट बस्न सकिन्छ म अहिलेदेखि तयारी भइरहेको छु ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.