क्रेजी संवाददाता
पथरी– एन्फा महिला रेफ्री तथा पूर्व खेलाडी जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । शनिबार एकेडेमीको पथरी शनिश्चरे नगर कमिटि गठनको कार्यक्रममा जमुनालाई सम्मान गरेको हो ।
एकेडेमीको नगर अध्यक्षमा रंन्जित कार्की सहित ५१ सदस्य समिति गठन भएको थियो । मगरलाई एकेडेमीले सम्मान पत्र सहित ११ हजार ५ सय नगदले सम्मान गरेकोे थियो ।