ईस्वर दुलाल
पथरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रन्जित कार्की चयन भएका छन् । शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्षमा कार्की सहित योगेस श्रेष्ठ र प्रनिष लिम्बु उप–अध्यक्ष, दिवस खड्का सचिब, जमुना आले मगर सह–सचिव, जिवन चौहान कोष–अध्यक्ष सहित ५१ सदस्य समिति गठन भएको हो ।
‘सबैका लागि खेलकुद’ भन्ने मूल नारा सहित् कार्यक्रम मदन भण्डारी स्पोर्टस् एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा सुरु गरिएकोको थियो । कार्यक्रममा मदन भण्डारी फाउण्डेसन केन्द्रिय सचिबालय सदस्य तथा नेकपा एमाले १ नम्बर प्रदेश सदस्य युबराज बास्कोटाको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा नेपाल खेलकुद महासं केन्द्रिय सल्लाहकार सदस्य तथा एकेडेमीका मोरङ जिल्ला उप–अध्यक्ष मनोज बिक्रम शाह, नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष मोहन तुम्बापो, जिल्ला सदस्य पर्शु मिश्र, १ नम्बर प्रदेश कमिटि सदस्य देबराज भण्डारी, अनेम संघ १ नम्बर प्रदेश कमिटि सदस्य तथा नेकपा एमाले ३ नम्बर क्षेत्रीय सदस्य यमुना बिष्ट, राष्ट्रिय युवा संघ नेपाल उप–महासचिव बिजय डागी, केन्द्रिय सदस्य संजिव गिरी, मनि लिम्बु, भक्त राई, नेकपा एमाले पथरी शनिश्चरे ८ नंम्बर शाखा कमिटी अध्यक्ष नबिन कार्की लगायतको उपस्थिति रहेको थियो ।
एकेडेमीले विभिन्न क्षेत्रका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । खेलप्रति रुचि भएका तर खेल्ने वातावरण नभएका खेलाडीहरुलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीलाई अन्तर्राराष्ट्रिय स्तरसम्म पुराउने र सहज खेल वातावरण सिर्जनागर्ने उद्देश्यले ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पथरीशनिश्चरेमा एकेडेमीको स्थापना गरिएको हो ।
एन्फा रेफ्रि जमुनालाई सम्मान
एन्फा महिला रेफ्रि तथा पूर्व खेलाडि जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । मगरलाई एकेडेमीले सम्मान पत्र सहित ११ हजार ५ सय नगदले सम्मान गरेकोे थियो ।