संखुवासभामा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा फेला पर्यो - Crazysaptahik.com

संखुवासभामा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा फेला पर्यो

संखुवासभाको मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको छ । सोमबार बिहान मादी नगरपालिका– १ मा एकै परिवारका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको हो ।

मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सुवेदीका अनुसार शव भेटिएपछि स्थानीयले खबर गरेका थिए । शव विभत्स अवस्थामा रहेको जानकारी आएको उनले बताइन।

प्रहरीका अनुसार ९३ वर्षीय बौद्धमान कार्कीको परिवारका सदस्यहरुको हत्या भएको हो । बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, रञ्जना कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको शव विभत्स अवस्थामा भेटिएको हो । वृद्ध कार्की भने सकुशल छन् ।

शव भेटिएको स्थानमा प्रहरी टोली गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सुभेष अधिकारीले जानकारी दिए । उनले प्रहरीले थप अनुसन्धान गरिररहेको बताए ।

सम्बन्धित खवर