
काठमाडौं– रातभर परेको अभिरल वर्षाका कारण काठमाडौंको बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा तरकारी बजारमा क्षति भएको छ । वर्षाका कारण सोहि क्षेत्रको तरकारी बजारमा अत्याधिक क्षेति भएको हो ।
पानीले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । बल्खु बजार सञ्चालकका नुसार पानीले तरकारी बजारमा करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । ब्यापारका लागी राखिएको तरकारी बगाएर क्षति पुगेको हो ।
तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको तरकारी बजारले ब्यबस्थापनले जनाएको छ । बजारमा तत्काल तरकारी पसल खोल्न नमिल्ने गरी क्षति पुगेको छ ।
यसैगरी, बालाजु क्षेत्रमा आएको बाढीले त्यस क्षेत्रको तरकारी बजार समेत डुबानमा परेको कालिमाटी फलफुल तथा तरकारी बजारका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । उनले कालिमाटीको तरकारी बजारमा भने क्षति नभएको बताए । हालसम्म क्षतिको आँकलन नभएको उनको भनाई रहेको छ ।

