विश्वकप छनोट : ग्रिजम्यानको दुई गोलमा फ्रान्स विजयी - Crazysaptahik.com

विश्वकप छनोट : ग्रिजम्यानको दुई गोलमा फ्रान्स विजयी

एन्टोइन ग्रिजम्यानको दुई गोल मद्दतमा विश्व विजेता फ्रान्सले २०२२ को कतार विश्वकप छनोटमा फिनल्याण्डलाई २–० ले पराजित गरेको छ ।विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह डीमा लगातार दुई बराबरी पछि फ्रान्सले पहिलो जित हात पारेको हो ।

फ्रान्सलाई जित दिलाउन ग्रिजम्यानले २५औं र ५३औं मिनेटमा गोल गरे ।६ खेल खेल्दा तेस्रो जित हात पारेको फ्रान्सले अपराजित यात्रा भने कायम राख्दै १२ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

फिनल्याण्ड ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । यस समूहको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिना र कजाखस्थानले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.