पोर्चुगलको सहज जित - Crazysaptahik.com

पोर्चुगलको सहज जित

पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३–० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो ।

बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे ।जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

पाँच खेलबाट एक अंक मात्र रहेको अजरवैजान पुछारमा छ । यसै समूहको अर्को खेलमा सर्बिया र रिपब्लिक अफ आयरल्याण्डले १–१ को बराबरी खेलेका छन् । सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.