पथरी उद्योग वाणिज्य संघमा तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा - Crazysaptahik.com

पथरी उद्योग वाणिज्य संघमा तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि युवा व्यवसायी धनकुमार तामाङको नेतृत्वमा साझा उम्मेद्वार घोषणा भएको छ ।

विहिबार (आज) पथरीमा उम्मेद्वार घोषणा कार्यक्रममा साझा प्यानलले १६ पदका लागि उम्मेद्वारी घोषणा गरेको हो । साझा प्यानलको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रतिक्षा फेन्सी स्टोरका संचालक तथा वाणिज्य सघका पूर्व अध्यक्ष धनकुमार तामाङ, वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष रविन राई, महासचिव राजेन्द्र बस्नेत, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिव खेमनाथ ढुंगेल, कोषाध्यक्ष विजयजंग बस्नेत, यस्तै सदस्यहरुमा पृथ्वी आले मगर, बलिदान चेम्जोङ, तुलसी लुनिया, इन्द्रबहादुर राई र महिला सदस्यहरुमा मुना पाण्डे र जुनी थपलिया रहेका छन् । यस्तै लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा, लेखा सदस्यमा प्रदिप पराजुली र सन्तविर विश्वकर्मा (गहतराज) रहेका छन् ।

साझा प्यानलमा नेपाली कांग्रेस निकट ८ जना, नेकपा समाजवादी निकट ४ जना र नेकपा माओवादी केन्द्र निकट ४ गरी १६ पदमा उम्मेद्वारी दर्ता भएको बताइएको छ । उम्मेद्वार घोषणा कार्यक्रममा साझा प्यानलका तर्पmबाट अध्यक्ष पदका उम्मेद्वार धनकुमार तामाङले पथरीका उद्योगी व्यावसायीहरूको हितमा सधैं काम गर्ने र उद्योग वाणिज्य संघको थाती रहेका अधुरा कार्यहरुलाई पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सम्बन्धित खवर