हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित - Crazysaptahik.com

हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित

एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर लेभरकुनलाई उसैको मैदानमा ४–३ ले पराजित गरेको हो । डर्टमण्डका लागि युलियन ब्रान्ट र राफेल गुरेइरोले एक|एक गोल गरे ।

हालान्डले ७७औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई जिताए । त्यसअघि लेभरकुजनका फ्लोरिन विट्जले खेलको नवौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । ३७औं मिनेटमा हालान्डले डर्टमण्डका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी टाइममा प्याट्रिक सिकले गोल गर्दै लेभरकुजनलाई २–१ को अग्रता दिलाए । ४९औं मिनेटमा ब्रान्टले डर्टमण्डका लागि बराबरी गोल गरे । ५५औं मिनेटमा माउसा डिएबीले गोल गर्दै तेस्रो पटक लेभरकुजनलाई अग्रता दिलाएका थिए ।

तर ७१औं मिनेटमा गुरेइरोले गोल गरेपछि डर्टमण्डले तेस्रो पटक पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा पु¥यायो । त्यसपछि हालान्डले ७७औं मिनेटमा गोल गर्दै खेल जिताए । जितपछि ४ खेलबाट ९ अंकसहित डर्टमण्ड दोस्रो स्थानमा छ ।

उता वल्फसवर्गले यस पटक शतप्रतिशत जित यात्रालाई निरन्ता दिँदै ग्रेथर फोर्थलाई २–० ले पराजित गरेको छ । लगातार चौथो जितपछि वल्फ्सवर्ग १२ अंकसहित शीर्ष स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.