लुकाकुको दुई गोलमा चेल्सीको सहज जित - Crazysaptahik.com

लुकाकुको दुई गोलमा चेल्सीको सहज जित

रोमेलु लुकाकु चम्केपछि प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्लालाई ३–० ले पराजित गरेको छ । तेस्रो जितपछि चेल्सीले शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ ।

शनिबार राति घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको भएको खेलमा चेल्सीका लागि लुकाकुले दुई गोल गर्दा माटियो कोभासिचले एक गोल थपे ।खेलको १५ औं मिनेटमै कोभासिचको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । लुकाकुले स्टानफोर्ड ब्रिजमा पहिलो गोल गरेका हुन् ।

४९ औं मिनेटमा कोभासिचले चेल्सीको अग्रता दोब्बर पारे भने इन्जुरी टाइममा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले सहज जित हात पारेको हो । जितपछि अपराजित चेल्सीले ४ खेलबाट १० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ । एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.