बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिड विजयी - Crazysaptahik.com

बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिड विजयी

करिम बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ५–२ ले पराजित गरेको छ ।  घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोमाथि पुनरागमन जितपछि रियल शीर्ष स्थानमा उक्लेको छ । खेलमा दुई पटक पछि परेको रियलले शानदानर पूनरागमन जित निकालेको हो ।

रियलको जितमा करिम बेन्जनमाले ह्याट्रिक गर्दा भिनिसियस जुनियर र इडुआर्डो कामाभिङगाले एक एक गोल गरे । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीले गोल गरेका थिए । खेलमा चौथो मिनेटमै सान्टि मिनाले गोल गर्दै सेल्टाभिगोलाई अग्रता दिलाए ।

त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए ।

४६औं मिनेटम बेन्जामाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जामाको पासमा गोल गर्दै रियललाई ३–२ को अग्रता दिलाए ।

७२औं मिनेटमा यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डो डेब्यु खेलमै गोल गरे । ८७औं मिनेटमा बेन्जामाले पेनाल्टीमा गोलगर्दै ह्याट्रिक पूरा गरे भने रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।

जितपछि ४ खेलबाट १० अंक जोडेको रियलले एट्लेटिको मड्रिड र भ्यालेन्सियालाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।सेल्टा भिगो एक अंकसहित १८औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.