
लिभरपुलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको छ।आइतबार राति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको लिड्सलाई सहजै पराजित गरेको हो ।
जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सी समान १० अंक जोडेको छ । एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
५०औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।६०औं मिनेटमा पास्कल स्ट्रजिकले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटिएको थियो ।
त्यसको फाइदा लिभरपुलले धेरै उठाउन नसकेपनि इन्जुरी टाइममा साडियो मानेले गोल गरेपछि लिभरपुल ३–० ले विजयी भयो ।अपराजित लिभरपुल ४ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ । लिड्स समान खेलबाट २ अंकसहित १७औं स्थानमा छ।


