
इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । समूह एचअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले हरायो ।
यस्तै युभेन्ट्सले स्विडिस क्लब माल्मोलाई ३–० ले पराजित भए । चेल्सीलाई घरेलु मैदान स्टानफोर्ड ब्रिजमा जित जिलाउन रोमेलु लुकाकुले एक गोल गरे । उनले खेलको ६९औं मिनेटमा सेजार एजप्लिकुएटाको पासमा गोल गरे ।
उता युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले २३औं, पाउलो डिबलाले ४५औं र अल्भारो मोराटाले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।जितपछि दुवै टिमले ३–३ अंक जोडेका छन् ।


