श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा - Crazysaptahik.com

श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा

श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

मालिंगाले अन्तिम पटक श्रीलंकाका लागि वेस्ट इन्डिजविरुद्ध सन् २०२० मार्चमा टी–२० खेलेका थिए । उनले २०१९ मा ओडीआईबाट सन्यास लिएका थिए ।  उनले टेस्टमा १०१, ओडीआईमा ३३८ र टी–२० मा १०७ विकेट लिएका छन् । मालिंगा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.