विश्वकपपछि विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने - Crazysaptahik.com

विश्वकपपछि विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी–२० विश्वकपपछि टी–२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् ।

विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको तीनै फम्र्याटको कप्तान छन् ।

विराटले वर्क लोड कम गर्न टी–२० को कप्तानी छाडेर टेष्ट र एकदिवसीयमा केन्द्रित हुने जानकारी दिएका छन् । अब हाल उपकप्तान रहेका रोहित शर्माले टी–२० टिमको कप्तानी गर्ने सम्भावना छ ।

सम्बन्धित खवर