
क्रेजी संवाददाता
पथरी ।मोरङको पथरी शनिश्चने ४ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ ।
पथरी ।मोरङको पथरी शनिश्चने ४ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ ।
एक औपचारिक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, सम्विधान सभा सदस्य लालबहादुर सुस्लिङ, ४ नम्बर वडाद्यक्ष गोबिन्दबहादुर भणडारी, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले केन्द्रको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख राई, उपप्रमुख बास्तोला सहितले वडाबासीका लागि चुस्तरुपमा स्वास्थ्य उपचार सेवामा स्वास्थ्यकर्मी जुट्ने जनाउनु भयो । कार्यक्रममा, आधारभूत स्वास्थ्य केन्द्रका लागि अढाइ कट्ठा जग्गा निशुल्क प्रदान गर्ने चन्द्रप्रसाद अधिकारी र त्यहाँका ३ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरिएको छ ।

