राष्ट्रिय युवा संघ कानेपोखरी –२ कमिटी गठन - Crazysaptahik.com

राष्ट्रिय युवा संघ कानेपोखरी –२ कमिटी गठन

राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका– २ को वडा कमिटी गठन भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेलाले राजेश बिष्टको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नव गठित समितिको उपाध्यक्ष होमबहादुर खत्रि, सचिवमा सन्तोष नेउपाने, सह–सचिवमा खगेन्द्र लुईटेल र कोषाध्यक्षमा विकास काफ्ले चयन हुनुभएको छ ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य शुसिल बुढाथोकी , खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवासंघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

नेकपा एमाले कानेपोखरी– २ का अध्यक्ष पर्शुराम खतिवडाको अध्यक्षतामा भएको भेलालाई सचिव कमल रिजालले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि ताराबहादुर काफ्लेले हरेक युवाहरुले उद्यमसँग जोडिन तथा इमान्दारपूर्वक जनताको मन जित्न शुभकामना दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.