
क्रेजी संवाददाता
पथरी । संविधान दिवसको अवसरमा पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरवासीमा शुभकामना सन्देश प्रदान गरेको छ ।
प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाईमा नगर कार्यालय परिसरमा हिजो सरसफाइ गर्दै आज राष्ट्रिय झण्डा फेरेर शुभकामना प्रदान गरिएको छ ।

नगर प्रमुख राईले नेपालको संघीयता अंगिकार गरेको संविधानले आम नेपालीको हकहितको मर्म बोकेको बताउँदै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न आम जनताको साथ सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । सो अवसरमा नगर प्रहरीलाई नगरको पहिचानको पोशाक प्रदान गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, भद्र्मान विश्वकर्मा, अधिकृत शिव राई सहितको उपस्थिति रहेको थियो । हिजो साँझ कार्यालयमा दिपावली गरिएको थियो भने आज साँझ पनि दिपावली गरिनेछ ।

