`नेपाली कांग्रेस शिवसताक्षीमा बोखिम, थापा र बस्नेतबीच नेतृत्वमा कसरत - Crazysaptahik.com

`नेपाली कांग्रेस शिवसताक्षीमा बोखिम, थापा र बस्नेतबीच नेतृत्वमा कसरत

बोखिम बलियो र साझा उम्मेद्वार

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको मिति संघारमै आइपुग्दा झापाको शिवसताक्षीमा नेतृत्वका लागि कसरत तिव्र गतिमा अघि बढेको छ । शिवसताक्षीमा कांग्रेसको नेतृत्वका लागि तुलाराम बोखिम बलियो र साझा उम्मेद्वार बन्ने वातावरण बन्दै गएको कांग्रेस अगुवाहरु बताउँछन् ।

नगर सभापति सहित पदाधिकारी र नगर समितिका आकाक्षीहरुले आ–आफ्नो चुनावी कार्यक्रमलाई तीब्र पारिरहेको यस घडीमा रुद्रमणी भट्टराईले एक विज्ञप्ति मार्फत उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । भट्टराईले उम्मेद्वारी फिर्ता लिएपछि हाल नगरमा तीन जनाको उम्मेद्वारी यथावत छ । भट्टराईले तुलाराम बोखिमलाई समर्थन गर्ने विज्ञप्ति मार्फत प्रष्ट जानकारी गराउनुभएको छ ।

शिवसताक्षीमा नगर सभापतिका तीन जना आकांक्षीहरु पदम थापा, तुलाराम बोखिम र अशोक बस्नेत रहेका छन् । सभापतिका आकांक्षीहरू बोखिम र बस्नेत भन्दा थापा सिनियर नेता हुनुहुन्छ । थापा वि.सं. २०४६÷०४७ बाटै बिद्यार्थी राजनीति जीवन सुरु गर्नुभएको हो । यस्तैं, तरुण दल पाँचगाछीको सभापति र पाँचगाछीमा तीन पटक कांग्रेसको सभापतिको जिम्मेवारीबाट उहाँ हाल शिवसताक्षी नगरको सहसंयोजकको रुपमा हुनुहुन्थ्यो । यता, बोखिम पनि नगर उपसभापति हुनुहुन्छ । बस्नेत वडा नं ११ का वडा सभापति मात्रै हुनुहुन्छ । वहाँ स्थानीय निर्वाचनमा वडा अध्यक्षका उपबिजेता हुनुहुन्छ ।

यता, बोखिम तरुण दलबाट राजनीति जीवनमा सक्रिय बन्नुभएको हो । तरुण दलबाट उहाँ पार्टीको जिम्मेवारीमा आउनुभएको थियो । नगर सदस्यमा अत्याधिक मत सहित निर्वाचित भएपछि वहाँ नगरको उपसभापतिमा नियुक्त हुनुभएको थियो । उम्मेद्वारी फिर्ता लिएसँग नेता भट्टराईले महाधिवेसनको क्रममा पार्टीभित्र र केही उम्मेद्वारीको तडक–भडकले दिक्क भएको बताउनुभएको छ । वहाँले महाधिवेसनमा खर्च, दाना–पानी र सामाजिक सन्तुलन विरुद्धको हर्कत देखेर उम्मेद्वारी फिर्ता लिएको प्रष्ट पारेका छन् । आफ्नो उम्मेद्वारी फिर्तासँगै नेता भट्टराईले नगर सभापतिका अर्का बलियो उम्मेद्वार तुलाराम बोखिमलाई समर्थन गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

नेता भट्टराईले नगरको ११ वटै वडाहरुमा काँग्रेसमय बनाउने र स्थानीय, प्रदेस, संघीय निर्वाचनलाई लक्षित गरेर जनताबीचमा जान सक्ने नगर सभापतिमा सक्षम र क्षमतावान छनौट गर्न आग्रह गरेका छन् । वहाँले नगर सभापतिको उम्मेद्वारीबाट हटेपनि आफ्ना प्रतिवद्धताहरु तुलाराम बोखिममार्फत पुरा गर्न प्रतिवद्ध रहने समेत बिज्ञप्तिमा बताउनुभएको छ ।

सम्बन्धित खवर