साझा उम्मेद्वार बोखिमको टिमले झण्डा वितरण गर्दै एकताको सन्देश दिए - Crazysaptahik.com

साझा उम्मेद्वार बोखिमको टिमले झण्डा वितरण गर्दै एकताको सन्देश दिए

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका नगर सभापतिका दाबेदार प्रत्यासी उमेद्वार तुलाराम बोखिमको टिमले प्रचार प्रसारलाई आज दोस्रो दिन तिब्रता दिएका छन् ।

चुनावी प्रचार प्रसार र मत माग्ने क्रममा शिवसताक्षी नगरका ११ वटै वडाका सभापतिलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै उमेद्वार बोखिमको टिमले पार्टी एकताको सन्देश र आफ्नो प्रतिबद्धता पत्र वितरण गरेका छन् ।

कांग्रेसको प्रजातान्त्रिक समाजवादसँग प्रतिवद्ध रही व्यक्ति, एक पद र एक कार्यकाललाई प्राथमिकतामा राख्ने भएकाले पनि पार्टीमा लामो समय एउटाले मात्रै नेतृत्व लिने परिपार्टीको अन्त्यका लागि आफ्नो टिमलाई जिताउन आग्रह गरेका छन् ।

आज नगरको सभापति पदका दावेदार उम्मेद्वार बोखिमको टिमले वडा न ६ सभापति भिम ताजपुरिया, वडा न १० सभापति लक्ष्मी योङ्याङ, वडा न ७ सभापति जयकुमार लिङ्देन, वडा न ११ सभापति प्रीतम अधिकारी, वडा न ९ सभापति डिल्ली फेम्बो, वडा न ५ सभापति रेणु राजवन्शी (राकेश), वडा न ४ सभापति देव नारायण ताजपुरिया, वडा न ३ सभापति धर्मराज सुवेदी, वडा न २ सभापति काजीमान बुढाथोकी र वडा न ८ सभापति गोपाल कुवरलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै प्रतिबद्धता पत्र वितरण गरेका छन् ।

सो झन्डा हस्तान्तरण कार्यक्रममा २ न. वडा सभापति काजीमान बुढाथोकी, क्षेत्रीय प्रतिनिधिहरु बासुदेव गुरागाई, बाबुलाल मर्डी लगायतको उपस्थिति थियो । सो झण्डा वितरण गर्नुको मुख्य उद्देश्य भनेको एकता कायमै गुटबन्दीको अन्त्य गर्न रहेको बोखिमको टिमले उजागर गरेको छ ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.