बोखिमको टिमलाई पार्टीका अग्रजहरुको साथ र समर्थन - Crazysaptahik.com

बोखिमको टिमलाई पार्टीका अग्रजहरुको साथ र समर्थन

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुलाराम बोखिमको टिमलाई पार्टीका अग्रजहरुले साथ र समर्थन दिएका छन् ।

नगर सभापतिको प्रमुख दाबेदार मानिएका तुलाराम बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र विमली, सचिवका उम्मेद्वार विनोद खरेल र सह–सचिवका उम्मेद्वार देवीप्रसाद तुम्वापो (दर्शन)लाई पार्टीका अग्रज व्यक्तिहरुले साथ र समर्थन गरी जितको शुभकामना दिएका छन् ।

साझा उम्मेद्वारहरू शिवसताक्षी नगरका विभिन्न वडाहरुमा मतदाताहरू समक्ष आफ्नो अपिल र प्रतिवद्धता पत्रहरु वितरण गर्दै चुनावी अभियानको दौडाहको समयमा पार्टीका अग्रजहरुले जितको अग्रिम शुभकामना दिए ।

शुभकामना ग्रहण गर्दै सभापति पदका उम्मेद्वार तुलाराम बोखिमले पार्टीको हितमा कार्य गर्ने, एक व्यक्ति एक पद र एक कार्यकाललाई प्राथमिकता दिने र अग्रजको सरसल्लाह लिई अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाली कांग्रेस शिवसताक्षी नगर अधिवेशन यही असोज १० गते हुँदैछ । नगरमा कूल ३ सय ६८ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रुपमा रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.