नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने - Crazysaptahik.com

नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने

भूमिप्रसाद पाठक

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित अनि देउराली रुन्छ सामाजिक नाटक मञ्चन हुने भएको छ ।

तिहार लगत्तैपछि मञ्चन हुने सो नाटकका निर्देशक जीवन बरालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कला साहित्य प्रर्वधन समिति अध्यक्ष अमिर राईंले यस क्षेत्रमा नाट्यविधा आएकोले आफूलाई ज्यादै खुशी लागेको बताउँदै मञ्चनको तयारीमा रहेको नाटकलाई सहयोग गर्न सार्वजनिक रुपमा अपील गर्नुभयो ।

स्थानीय कलाकार जीवन बराल निर्देशित सो नाटकमा सरोज तिम्सिना, छत्र राईं, सुदीपजंग कार्की, विमला पोखरेल, सदिच्छा अधिकारी, मेनुका कुलुङ राईं, सुमन कुइँकेल, प्रेम खतिवडा, देव गुरुङ, यशोदा श्रेष्ठ, मनोज तिम्सिना, पर्शुराम न्यौपाने, सन्दिप पोखरेल, नवीन गुरुङ, विक्रम बस्नेत, प्रतिमा पोखरेलललगायत स्थानीय दर्जनौं कालाकारहरुको महत्त्वपूर्ण अभियन रहने शब्द थियटरका सचिव तथा कला प्रर्वधन समिति सचिव सरोज तिम्सिनाले जानकारी दिनुभयो ।

स्थानीय कला र प्रतिभाले सम्पन्न पथरीमा यो संघीय राजधानीपछिको दोस्रो ठूलो महोत्सव हो । यसर्थ पनि मनोहर पार्कका टीकाराम राईंले यसबाट स्थानीय प्रतिभाको विकास सहयोग पुग्ने विश्वास लिनुभयो ।

सम्बन्धित खवर