
क्रेजी संवाददाता
शिवताक्षी । झापाको शिवसताक्षीमा फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुटिरहेको छ । शिवसताक्षीका प्रवासी नेपालीहरूबाट ३ लाख ५० हजार बढी रकम संकलन भएको छ ।
झापाको शिबसताक्षी–७ मा अवस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा आगामी मंसिर १ गतेबाट संचालन हुने फाक्तेप मिनीगोल्डको लागि उक्त रकम संकलन भएको र अझै आर्थिक रकम संकलन जारी रहेको प्रवासी नेपाली आर्थिक संकलन उपसमितिका संयोजक रणबहादुर खत्री (निकेश) ले जानकारी गराए । खत्रीका अनुुसार वैदेशिक रोजगारीको क्रममा विभिन्न देशहरूमा छरिएर रहेका स्थानीय युवाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको र अन्यबाट पनि आउने क्रम जारी रहेकोले बैदेशिक रोजकारीमा कार्यरत युवाहरुबाट ५ लाख बढी आर्थिक संकलन हुनसक्ने अनुुमान गरेको बताइएको ।
यसैगरी गोल्डकप संचालनको लागि खेल मैदान सम्याउने, आर्थिक संकलन गर्ने र क्लब दर्ताको काम भइरहेको क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताए । मंसिर १ गतेबाट संचालन हुने प्रतियोगितामा झापा, इलाम, मोरङ र सुनसरीका ८ टिमको सहभागी रहने आयोजकले जानकारी गराएको छ । ‘स्वास्थ्यको लागि खेलकुुद र राष्ट्रियको लागि खेलकुुद’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै खेल आयोजना हुन लागेको हो ।

