उपमेयर कप पथरीशनिश्चरेका लागि महिला खेलाडी छनौट - Crazysaptahik.com

उपमेयर कप पथरीशनिश्चरेका लागि महिला खेलाडी छनौट

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा प्रदेश नं. १ स्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । सो प्रतियोगिताको लागि आज नगर भित्रका ४१ जना महिला फटबल खेलाडीहरु छनौट गरिएको छ ।

जमुना मगर, मिन धिमाल र जहरमान लिम्बुले महिला खेलाडीहरु छनौट गरेका हुन् । छनौट हुने खेलाडीहरु जुनी राना, पविना मगर, कमल श्रेष्ठ, केरेन लिम्बु, अनिश खड्का (जिके), शान्ता मोक्तान, किरण लिम्बु, पुनम लिम्बु, सुजा पराजुली, समिक्षा श्रेष्ठ, लिला खड्का, मोनिका माझी, बिना लिम्बु, निशा लिम्बु, मिक्की लिम्बु, पुजा खड्का, प्रिती खड्का, प्रिती खड्का, रितिका कार्की, केसिमा थापा, आशिका कार्की, कुमारी खनाल, मल्लिका लिम्बु, अन्जना राई (जिके), इश्वीजान लिम्बु, प्रविना मगर, मन्दिरा राई, कोपिला राई, अस्मिता मगर, इशा मगर, अनुशा कार्की, कविता कटुवाल, श्रद्धा श्रेष्ठ, अभिशा राई, उषा कुवर, दिना तामाङ, संगिता लिम्बु, नुमा आङ्देम्बे, रुपा धिमाल (जिके), प्रनिशा श्रेष्ठ, मनिशा राई र सिमा थापा (जिके) रहेका छन् ।

पथरीशनिश्चरे महिला फुटबल समूहले वडादशैंको उपलक्ष्य र स्थानीय महिला खेलाडीहरुको स्तरोन्नतिको लागि प्रतियोगिता आयोजना गरिएको जानकारी गराएको छ । यस प्रतियोगिताको सल्लाहकार दिपक राईले भने– असोज १८ गतेदेखि २५ गतेसम्म खेल सञ्चालन हुनेछ र प्रतियोगिताको विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराइनेछ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.