
स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिडले भियारियालसँग बराबरी खेलेको छ । घरेलु मैदानमा रियलले भियारियालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि ७ खेलबाट १७ अंकसहित रियल शीर्ष स्थानमै यथावत छ ।
त्यसअघि एट्लेटिको मड्रिड अलाभेजसँग १–० ले पराजित भएकोले पनि बराबरीका बावजुत रियलललाई फाइदा पुगेको हो । एट्लेटिको ७ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । स्पानयोललाई २–० ले पराजित गर्दै एट्लेटिको समान १४ अंक रहेको सेभिया दोस्रो स्थानमा छ ।


