अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय - Crazysaptahik.com

अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिले आज सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी नगरमा सञ्चालित अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय गरेको छ ।

नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना बिष्ट वास्तोको अध्यक्षतामा भएको बैठकमा नगर प्रमुख दिलिपकुमार राई (किशार) तथा वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकमा, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङका साथै पथरी शनिश्चरे अटो इरिक्सा संघ, सुनाखरी अटो प्रा.लि., भूल्के मोरङ प्रा.लि.का प्रतिनिधिको सहभागितामा सरकारले तोकेको पछिल्लो पटकको भाडादरलाई समायोजन समेत गर्दै स्थानीय भाडादर कायम गरिएको समितिका सदस्य सचिव ताराप्रसाद ढकालले जनाउनुभयो ।

साथै, बैठकलले अटो रिक्सा, सिटी सफारी र टेम्पो यथासिघ्र नगरपालिकामा समेत सूचिकृत गराउन व्यवसायिमा अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.