‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन, अध्यक्षमा रुपेन्द्र सेर्मा - Crazysaptahik.com

‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन, अध्यक्षमा रुपेन्द्र सेर्मा

उर्लाबारी । पुर्वी मोरङका पत्रकारहरुको मंगलबार भएको एक भेलाले ‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार रुपेन्द्र सेर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिलन के राउत, महासचिव तेजन खड्का, सचिव प्रवेश विष्ट र कोषाध्यक्ष किशोर श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरुमा रञ्जना अधिकारी, प्रेमकेडी भट्टराई , धनराज महतो, विकास निरौला चयन भएका छन् । आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा उठाउन सामुहिकताको खाँचो रहेकाले क्लब गठन गरिएको रुपेन्द्र सेर्माले बताए ।

सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, ज्येष्ठ पत्रकारलाई सम्मान, नयाँलाई अवसर दिलाउनका साथै पत्रकारको हकहित र व्यवसायिकतामा लागिपर्ने महासचिव तेजन खड्काको भनाई छ । यस्तै, नवगठित क्लबका कोषाध्यक्ष किशोर श्रेष्ठका अनुसार चाडै उर्लाबारी–७ मा कार्यालयको विधिवत उद्घाटन गरिनेछ । यसैगरी तत्कालै पत्रकार तथा आश्रित परिवारको स्वास्थ्य विमा गरिनेछ । नेपाल प्रेस क्लबको विधान मस्यौदालाई मुर्तरुप दिन हरि कोइरालाको संयोकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । विधान मस्यौदा समितिमा सन्तोष विष्ट र भीमराज अधिकारी रहेका छन् ।

सम्बन्धित खवर