कुकुर र विरालोलाई रेविज विरुद्ध खोप - Crazysaptahik.com

कुकुर र विरालोलाई रेविज विरुद्ध खोप

क्रेजी संवाददाता
पथरी । विश्व रेविज दिवशका अवसरमा मोरङको पथरीशनिश्चरे नगरमा सञ्चालन भएको सप्ताहव्यापी निःशुल्क खोप लगाउने कार्यक्रम अन्तर्गत ७३९ कुकुर र ७ विरालोलाई रेविज विरुद्ध खोप लगाइएको छ ।

वडा वडामा सञ्चालन भइ आज समापन भएको कार्यक्रम असोज ६ बाट सुरु भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १ नम्बर प्रदेशको समेत सहकार्यमा नगरको पशुपंक्षी शाखाले घरपालुवा कुकुर र विरालोमा खोप लगाएको हो । खोप लगाएर पशु धनीलाइ खोप कार्ड प्रदान गरिएको छ । ‘रेविजको तथ्यलाई बुझ्नसके राम्ररी, हट्छ डर त्रास सधैंभरी’ भन्ने नाराका साथ खोप कार्यक्रम सञ्चालन भएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडा नम्बर ६ स्थित पशुसेवा केन्द्र मंगलबारेमा भनें आवश्यक परेको खण्डमा सवै दिन खोप लगाउने काम सुचारु रहने छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.