नगर सभापति र अन्य पदाधिकारीहरुलाई उपविजेता टिमद्वारा धन्यवाद ज्ञापन - Crazysaptahik.com

नगर सभापति र अन्य पदाधिकारीहरुलाई उपविजेता टिमद्वारा धन्यवाद ज्ञापन

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति उपविजेता तुलाराम बोखिम र अन्य पदाधिकारी उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुलाई प्रत्यक्ष भेटेर धन्यवाद ज्ञापन गरेका छन् ।

उम्मेद्वारहरु तुलाराम बोखिम, नेत्र प्रसाद विमली, विनोद खरेल, देवी प्रसाद तुम्बापो (दर्शन)ले क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापतिहरुलाई भेटेर मत दिएर प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद साथै दशैंतिहारको शुभकामना समेत ज्ञापन गरेका छन् ।

यो प्रजातान्त्रिक प्रक्रियामा सहभागी भएर धेरै ज्ञान लिएको र उक्त ज्ञानलाई पार्टी सुदृढीकरणमा लगाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । घर–घरमा पुगेर उनीहरुले नव निर्वाचित समितिसँग सहकार्य गरेर अघि बढ्ने दृढता पनि व्यक्त गरेका थिए । उक्त भेटघाटमा वडा नं. ३ का सभापति धर्मराज सुवेदी, वडा नं. ७ का सभापति जय लिङ्देन, नगर सदस्य प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.