नेकपा (एकीकृत समाजवादी) शिवसताक्षीमा इजम र युवा संघमा चेम्जोङ - Crazysaptahik.com

नेकपा (एकीकृत समाजवादी) शिवसताक्षीमा इजम र युवा संघमा चेम्जोङ

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवगञ्जमा नेकपा (एकीकृत समाजवादी)ले वृहत जनसभा सहित पार्टी नगर कमिटी र युवा संघ नेपाल नगर कमिटी घोषणा र सपथ ग्रहण कार्यक्रम गरेको छ ।

एकीकृत समाजवादी नगर कमिटीको अध्यक्षमा नवीन इजम चुनिएका छन् । इजमको अध्यक्षतमा ७१ जना रहेको नगर कमिटी घोषणा गरिएको छ । यस्तैं, सोही अवसरमा एकीकृत समाजवादी निकट युवाहरुको भातृ संगठन युवा संघ नेपालको नगर कमिटी गठन गरिएको हो ।

युवा नेता बिनोद चेम्जोङको अध्यक्षतामा १ सय १ सदस्यीय रहेको युवा संघ नेपाल गठन गरिएको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले नगर कमिटी घोषणा गर्नुभएको हो । पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ सभाका नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको उपस्थितिमा नगर कमिटी घोषणा र युवा संघ नेपाल नगर कमिटी घोषणा गरिएको हो ।

नेकपा (एकीकृत समाजवादी) नगर कमिटीका अध्यक्ष इजम शिबसताक्षी नगरपालिकाका प्रवत्ता तथा वडा नं. ७ का वडाध्यक्ष, युवा संघ नेपाल झापाका उपाध्यक्ष र युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । नगर कमिटी उपाध्यक्षद्धयमा मुक्ति गुरागाई र खड्क खापुङ चुनिएका छन् । गुरागाई शिबगञ्ज बजारका अध्यक्ष र व्यवसायी हुन् । सचिवमा शान्तिराम न्यौपाने चयन भएका छन् । धरमपुर मगलबारे बजारका उनी पशु डाक्टर हुन् । सहसचिवमा खेम मैनाली चुनिएका छन् ।

यस्तैं, सदस्यहरुमा कृष्ण राई, ज्ञानेन्द्र लिम्बू (निङलेकु), पदम गौतम, कल्पना विक, शंकर राई, डम्बर सुब्बा (पाना) वास्के राजवंशी, धने सेरेङ, सन्तोस थेगिम, रमेश लावोती, पद्मा इजम, हस्त थेबे, बिष्णु गुरागाई, राधिका गुरागाई, पुष्यप्रसाद गुरागाई, डम्बर मेन्याङबो, हर्क शेर्मा, दिलु इजम, दिपक शर्मा, दिक्षा भट्टराई, डम्बर राजवंशी, सुर्य पौडेल, आइतबारे ताजपुरिया, अविरलाल राजवंशी, धनबहादु राजवंशी, सुरेश शाहा, घनेन्द्र इजम, बिशाल कुमार आङदम्बे, निरज श्रेष्ठ, नविन थिङलापु, कुमार श्रेष्ठ, रुप नारायण श्रेष्ठ, कुमार योङहाङ, राजकुमार फ्याक, तिलक माझी, अर्जुन भट्टराई, निर्मला श्रेष्ठ, बेनुमाधब रिसाल, मान बहादुर बस्नेत, मोहन शेर्मा र डम्बर पाण्डे चुनिएका छन् ।

त्यस्तैं, युवा संघ नेपाल नगर कमिटीको अध्यक्षमा बिनोद चेम्जोङ, उपाध्यक्षमा घनेन्द्र इजम, शक्ति चाम्लिङ, सचिवमा दिपेन्द्र तावा, सहसचिवमा खेमनाग गुरागाई, कोषाध्यक्षमा दिलेन्द्र सम्बाहाम्फे चुनिएका छन् । सदस्यहरुमा पुरन चेम्जोङ, दिपेश राई, बमप्रसाद चेम्जोङ, सन्तोस सेर्मा, लिला चेम्जोङ, बुद्ध सिगु, सनम सुहाङ, दिपेश थापा, गणेश तुम्वापो, बिशाल तुम्बापो, बसन्त थेगिम, राजु आचार्य, पुर्ण श्रेष्ठ, साहिल राई, सुमन राई लगायत छन् ।

जिल्ला कमिटी सदस्य तुलसीराम भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सचिव एबम् प्रदेश १ सभाका संसदीय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लोकबन्दु कन्दङबा, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रत्युस राना, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी र प्रमुख अतिथ राजेन्द्र राईले पार्टीको आागामी कार्यक्रम र संगठन निर्माण सम्बन्धी आ–आफ्नो स्थानमा रहेर काम गर्नुपर्ने बिचार र धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य एबम् पुर्व सांसद नारायणसिह राजवंशी, प्रदेश सदस्य एबम् कानुन व्यवसायी ज्ञानेन्द्र बहादुर कार्की, जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारी, पार्टी प्रचार प्रसार बिभाग प्रमुख तीर्थ सिग्देल, दमक नगर कमिटी अध्यक्ष महेश घिमिरे, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, जिल्ला कमिटी सदस्यहरु तुलसी निरौला, हरि नेपाल, निर्मल लामिछाने, तिर्थ नेपाल, युवा संघ नेपालका केन्द्रीय सदस्य खगेन्द्र बाराकोटी, सुमन कार्की, अर्जन मेचे, खेलकुद महासंघका केन्द्रीय सदस्य धर्मराज शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.