कानेपोखरीमा खैरो फड्के किराको प्रकोप - Crazysaptahik.com

कानेपोखरीमा खैरो फड्के किराको प्रकोप

राजकुमारी तामाङ

कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रमा फड्के किराको प्रकोप देखिएपछी कृषकमा चिन्ता छाएको छ ।

खैरो फड्के किराको प्रकोपले करिब २५ बिघा बढी क्षेत्रफलको धानबालीमा नोक्सान गरेको देखिएको छ । स्थलगत अनुगमनका क्रममा किराले कानेपोखरीको २ र ३ मा बढी क्षति पुर्याएको छ भने ४ मा फाटफुट देखिएको कृषि साखा प्रमुख सागर पौडेलले बताए ।

अनुगमनको क्रममा उनले खैरो किराले क्षति पुर्याएको बताए र यस्तै यसको अरु हरियो र सेतो रङ्गका पनि हेने बताए । उनले यो वर्ष लामो समयसम्म मनसुन रहेका कारणले समयमा नै औषधि लगाउन नसकेकाले अहिले यस्तो स्वरुप देखिएको बताएका छ्न ।

यस्तै सोही साखाकी संगीता कार्कीले सवै भन्दा बढी रन्जित जातको धानमा देखिएको बताइन् । उनले यसको गाभा कमलो र रसिलो हुने भएकाले किराको आकर्षण धान बाली परेको बताउँछिन । उनले चाडो नियन्त्रणमा नलिए समग्र कृषिलाई नै प्रभावित पार्ने बताइन ।

कृषक आसाराम चौधरीले अरुको खेत अधियामा करिब २ बिघामा धान लागाएका छ्न । उनी भन्छ्न“ साहुलाई ७० मन ठेक्का बुझाँउनु पर्छ तर जम्मा त्यति पनि फल्छ फल्दैन थाहा छैन, खेतिमा आफ्नो मेहनत त जोडको छैन, दिनरात नभनी मेहनत फल पनि यस्तो छ ।

सम्बन्धित खवर