यथार्थ कथा बोकेको भजन ’बोलिदेन पापी मन’ सार्वजनिक - Crazysaptahik.com

यथार्थ कथा बोकेको भजन ’बोलिदेन पापी मन’ सार्वजनिक


क्रेजी संवाददाता
मोरङ–
पछिल्लो समयका बहु चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृद्धबृद्धा , बालबालिका सबैलाई भजन मार्फत मोतिह पार्न सफल भएका छन सशान ।

उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ’बोलिदेन पापी मन’ सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै भजनले सबैबाट चौतर्फी मायाँ पाएको छ । कंडेललाई सो भजनमा गायिका उन्नती कंडेलले साथ दिएकी छिन । उन्नती चर्चित भजन गायक हिरालाल कंडेलको आफ्नै सुपुत्री हुन ।

उनको पनि गायन क्षेत्रमा एकदमै संभावना देखिएको छ । निकैनै मिठास र कर्णप्रिय रहेको छ उनको स्वर । हिरालाल कंडेलकै शब्द संगीतमा तयार पारिएको भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका हुन । सशानको यस अधिका एक दिन त जानेहो संसार छाडेर…, ओम शिव ओम…, हरे राम हरे कृष्ण… हर हर शम्भु… लगायतका भजनहरु धेरैनै लोकप्रिय छन् ।

भजनको भिडियोलाई निकै नै उत्कृष्ट ढङ्गले छायांकन गरिएको छ । सम्पुर्ण कलाकारहरुको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध थपिदिएको छ । दिपक गौतम, प्रदिप ओझा, प्रकाश सापकोटा ,पुस्पा आचार्य लगायत कलाकारहरुको उत्कृष्ट अभिनयले सजिएको भिडियोलाई दिपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन अनि स्वयम सशान कै निर्देशनमा तयार भएको छ । भजनलाई सशानको आफ्नै युट्युव च्यानल सशान कंडेल मार्फत हेर्न र सुन्न सकिने छ ।

भिडियो हेर्नुहोस्ः

सम्बन्धित खवर