राजेश पायल राईले कोलोराडो तताउने - Crazysaptahik.com

राजेश पायल राईले कोलोराडो तताउने

हेम गिरी
अमेरिका । लोकप्रिय अनि चल्तीका गायक राजेश पायल राई अमेरिकाको कोलोराडो आउने पक्का भएको छन् ।

GBCC र Creative Youths of Colorado को संयुक्त आयोजनामा अनि गंगा कोइराला एन्ड (Spire financial ) र आर एन्ड ए होमकेयरको ( R&A Homecare ) प्रायोजनामा हुन लागेको दसैँ तिहार सांगीतिक साझ-२०७९  कार्यक्रममा आउने आयोजकले जनाएको छ ।

 अक्टोबर १ शनिबार बेलुका ५ बजे अमेरिकाको कोलोराडो स्थित अरोरा शहरको Aurora Central High School, 11700 E 11th Ave, Aurora, CO 80010  मा भव्य  सांगितीक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
हरेक वर्ष अमेरिकाको विभिन्न राज्यहरुमा दसैँ तिहार कार्यक्रमको लागि आइरहने राजेश पायल राई करिब ४ वर्ष पछि कोलोराडो आउन लागेका हुन् । राई कोलोराडोमा अन्तिम चोटी सन् २०१७ मा आएका थिए । कार्यक्रममा गायक  राईसँगै पप गायिका शशि रावल, गायक रोशन अधिकारी अनि स्थानिय कलाकारको पनि  प्रस्तुति रहने छन् ।
सोम बरालको अध्य्क्षतामा आयोजना हुने कार्यक्रम जागेन गौतम अनि अनु मोक्तानले संचालन गर्ने आयोजक समितिका भिम राईले बताएका छन् ।

गायक राजेश पायल राईले कार्यक्रममा आउन अनुरोध गरेको भिडियो हेर्ने तलको लिंकमा हेर्नु होला –

सम्बन्धित खवर