बाल दिवसमा नृत्य तथा वक्तृत्व प्रतियोगिता हुने - Crazysaptahik.com

बाल दिवसमा नृत्य तथा वक्तृत्व प्रतियोगिता हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बाल दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेको छ ।

मंगलबार नगरपालिका कार्यालयले एक सूचना प्रकाशित गर्दै आगामी भदौ –२९ गते राष्ट्रिय बाल दिवसका अवसरमा नगरपालिकाद्वारा नेपाली मौलिकता झल्किने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने जनाइएको हो ।

नगरपालिका उपप्रमुख देविमाया काफ्लेको अध्यक्षतामा नगर बालसञ्जालका पदाधिकारीहरुसँग गत भदौ –१९ गते बैठक बसी यस पथरी शनिश्चरे नगरपालिकाद्वारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने राष्ट्रिय नाराका साथ भव्य र सभ्य तवरले आगामी २८ र २९ गते ५८ औं राष्ट्रिय बाल दिवस मनाउने निर्णय गरेको हो ।

नृत्य र बक्तृत्वकला प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई एक कार्यक्रमबीच ट्रफी, मेडल र प्रमाण–पत्रले पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर