क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित एन.आई.सी. एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई मंगलबार साइकल उपलब्ध गराएको छ ।
चाडवाड नजिकएसँगै प्रहरीले साइकल गस्ती गर्नलाई सहज होस् भन्ने उद्देश्यले पथरीमा शाखा कार्यालय रहेको दुई बैंकले रु. ५२ हजार बराबरको चाथ थान साइकल सहयोग गरेको हो ।
दुई बैंकका शाखा मेनेजरहरुले प्रहरीलाई साइकल हस्तान्तरण गरेका थिए । साइकल गस्ती गर्न सहज र छिटो छरितो ढङ्गले बजार सुरक्षा हुने अपेक्षा गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख वेदप्रसाद गौतमले बताए ।