महिला साफ इतिहासमै भुटानको पहिलो जित - Crazysaptahik.com

महिला साफ इतिहासमै भुटानको पहिलो जित

 


भुटानले महिला साफ च्याम्पियनसिप फुटबलको इतिहासमै पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन ।

श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो । भुटानको जितमा डेखी लाजोमले दुई गोल गरिन् । त्यस्तै न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले एक एक गोल गरिन् । जितसँगै समूह ‘बी’ मा रहेको भुटानले २ खेलमा ३ अंक जोडेको छ ।

जितपछि भुटानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब श्रीलंकाले नेपालसँग सोमबार खेल्नेछ ।

सम्बन्धित खवर