पथरी बहुमुखी क्याम्पस प्रमुखमा तिम्सिना, सहायकमा धिमाल नियुक्त - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पस प्रमुखमा तिम्सिना, सहायकमा धिमाल नियुक्त

भूमिप्रसाद पाठक
पथरी । मोरङ पथरी शनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा, क्याम्पस प्रमुखमा शान्तिराम तिम्सिना र सहायक प्रमुखमा क्रषिराज धिमाल नियुक्त भएका हुन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लागू हुने गरी नियुक्ति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए । लामोसमयदेखि सामाजिक सञ्जालमा राजीनामा दिएर बसेका चेतनाथ पौडेलले क्याम्पस प्रमुखमा बसेर कार्य सम्पादन गरेका थिए ।

सामुदायिक यस क्याम्पसको स्त्तर–उन्नति खस्केको बेला क्याम्पसमा नयाँ क्याम्पस प्रमुख र सहायक प्रमुखमा नियुक्त हुनुले अर्थपूर्ण ढंगले हेरिएको छ । लामो समयसम्म उपप्राध्यापकका रुपमा कार्य गरिसकेका तिम्सिना र धिमाल पूर्णकालीन प्राध्यापक हुन् ।

कोरोनाकालमा पटक–पटक बैठक बसेर निर्णय गरेपनि कोरोनाका कारण क्याम्पस प्रमुख र सहायक प्रमुख नियुक्ति हुन सकिरहेको थिएन । क्याम्पसले गतसाल क्याम्पस परिषद्को निर्वाचनले रामकुमार बस्नेतलाई अध्यक्ष निर्वाचित गरेपछि उहाँको कार्यकालमा यो निर्णयले गति लिएको हो ।

यस सामुदायिक क्याम्पसमा २५ जना प्राध्यापक र कर्मचारी छन् र ७ सय ७३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस सामुदायिक क्याम्पसमा शिक्षा सङ्काय अन्तर्गत स्नातक तहमा नेपाली, अङग्रेजी र जनसङ्ख्या बिषयहरुमा अध्यापन हुने गरेको निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेलले बताए ।

यसैगरी व्यास्थापन सङ्कायमा स्नातक र स्नताकोत्तर शिक्षा सङ्कायमा नेपालीमा स्नताकोक्तर कार्यक्रमहरु अध्यापन हुदै आएको जानकारी पौडेल बताए ।

सम्बन्धित खवर