प्रथम एनी फाक्तेप गोल्डकपको हिसाव सार्वजानिक - Crazysaptahik.com

प्रथम एनी फाक्तेप गोल्डकपको हिसाव सार्वजानिक

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसतक्षी–७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को हिसाव सार्वजनिक गरिएको छ ।

मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज आय–ब्यय सार्वजनिक गरेको हो । आय ब्यय अनुसार गोल्डकपले एक लाख बढी रुपैयाँ बचत गरेको छ ।

गोल्डकप आयोजक फाक्तेप फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी उक्त रुपैयाँ बचत गर्न सफल भएको जनकारी गराएको हो ।

पत्रकार सम्मेलनमा गोल्डकप सञ्चालन समितिका आर्थिक संयोजक दिपक सेर्माले गोल्डकप संचालनको लागि १६ लाख ५६ हजार ३४ रुपैयाँ संकलन भएको र १५ लाख ४७ हजार ५ सय ३३ रुपैयाँ खर्च भई १ लाख ८ हजार ५ सय ३३ रुपैयाँ बचत गर्न सफल भएको बताए ।

सेर्माका अनुसार विभिन्न राष्ट्रहरुमा रोजगारीमा रहेका नेपाली युवाहरुबाट ८ लाख रुपैयाँ र स्वदेशका विभिन्न संघ संस्था व्यवसायी र सहयोगी दाताहरूबाट ८ लाख ५६ हजार ३४ रुपैयाँ क्लबले संकलन गरेको थियो ।

सम्बन्धित खवर