च्याम्पियन्स लिग : बार्सिलोना बायर्नसँग पराजित - Crazysaptahik.com

च्याम्पियन्स लिग : बार्सिलोना बायर्नसँग पराजित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० ले हराएको छ । समूह ’सी’ अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।

५० औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा बायर्न २–० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न ६ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा छ । समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो ।

सम्बन्धित खवर