प्रहरीद्वारा धनीलाई १८ थान चोरीका मोबाइल फिर्ता - Crazysaptahik.com

प्रहरीद्वारा धनीलाई १८ थान चोरीका मोबाइल फिर्ता

क्रेजी संवाददाता
पथरी । इलाका प्रहरी कार्यालय पथरीले चोरी भएको १८ वटा मोबाइल खोजी गरेर फिर्ता गरेको छ ।

विभिन्न समयमा चोरी भएको मोबाइल आइएमइआइ लगायतको माध्यमबाट मोबाइल पक्राउ गरी फिर्ता गरेको हो । चोरी भएको मोबाइल खोजि गरिदिन ३५० भन्दा बढी निवेदन परेकोमा १८ वटा मोबाइल फिर्ता दिइएको डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

इप्रका पथरीले यसअघि पहिलो चरणमा ११ वटा मोबाइल फिर्ता गरेको थियो ।

सम्बन्धित खवर